गण्डकी


इनोभेट ग्रुपको घोषणाः पोखरामा अब आईटी पढाउने फिस्टेल माउन्टेन कलेज

इनोभेट ग्रुपको घोषणाः पोखरामा अब आईटी पढाउने फिस्टेल माउन्टेन कलेज

नेपालखबर
मंसिर १०, २०८२ बुधबार २१:५६, पोखरा

सूचना प्रविधि अध्यापनको लागि इनोभेट नेपाल ग्रुप (आइएनजी) परिचित नाम हो। नेपालका विभिन्न ठाउँमा रहेका आइएनजीका कलेजहरूमा १२ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। कृतिम बुद्धिमत्ता (एआई)को पढाइलाई नेपाल भित्र्याउने श्रेय पनि यही समूहलाई जान्छ। 

यही समूहले पोखरा १७ मुस्ताङचोकमा स्नातक तहको सूचना प्रविधि अध्यापन गराउने गरी नयाँ कलेज स्थापनाको घोषणा गरेको छ। फिस्टेल माउन्टेन कलेज नाम दिइएको यो कलेज पोखरामा संचालनमा आउन लागेको फिस्टेल माउण्टेन कलेजले नेपालमै बसेर बेलायतको डिग्री लिने अवसर प्रदान गर्ने कलेजका अध्यक्ष शुलभ बुढाथोकीको जिकिर छ।

युकेमाजस्तै सिकाइ शैलीको साथ पूर्ण रूपमा मान्यता प्राप्त युके डिग्री पोखरामै प्रदान गर्ने उदेश्यका साथ कलेजको स्थापना गरिएको हो। 

‘यसअघि हामीले यहाँ इन्फोम्याटिक्स कलेज संचालनमा ल्याएकै थियौँ,’अध्यक्ष बुढाथोकीले भने,‘ फिस्टेल माउण्टेन कलेजले चाहिँ पोखरालाई आइटीको हबको रुपमा विकास गराउने छ।’ 

पोखरालाई पर्यटनकोमात्रै नभइ आइटीको हब बनाउँदै स्वदेशमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने वातावरण सिर्जना गर्नु नै कलेज स्थापनाको मुख्य उद्देश्य रहेको पनि उनले बताए। 

‘अहिले नेपालमा आइटीमा दक्ष जनशक्तिको अभाव खड्किएको छ। ३ वर्षे कोर्षमा मास्टर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन सिकाइ, बिग डाटा र क्लाउड कम्प्युटिङ सिकाइने छ,’उनले थपे। 

बेलायतकोे उल्भरहेम्टन विश्वविद्यालयसँगको साझेदारीमा कलेज स्थापना गरिएको बुढाथोकीले सुनाए। विद्यार्थीलाई सिकाइसँगै रोजगारमासमेत जोड्ने गरी कलेजले पाठ्यक्रम बनाएको पनि उनले बताए।

उनका अनुसार फिस्टेल माउण्टेन कलेजले आइटी शिक्षा सुहाउँदो आकर्षक भवन बनाउँदै छ। जहाँ डाटा सेण्टरदेखि सूचना प्रविधिलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहने छन्। 

अध्यक्ष बुढाथोकीका अनुसार स्नातक तहमा पहिलो वर्ष लेभल ४ को अध्यापन गराइनेछ। दोस्रो वर्ष लेभल ५ र तेस्रो लेभल ६ को पढाइ हुनेछ। यसबाट विद्यार्थीले एआई इन्जिनियरिङ, मेसिन विज्ञ, एम्बेडेड सिस्टम डेभलपर, मोबाइल एप/वेब डेभलपर, जटिल सिस्टम इन्जिनियर, सिस्टम विश्लेषक र सफ्टवेयर आर्किटेक्ट बन्न सक्ने बुढाथोकीको भनाइ छ। कोर्ष पूरा गर्न करिब ८ लाख रुपैयाँ लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad