सम्मानित भएका आरकेका संचालक रामचन्द्र शर्माले नयाँ उद्यमीलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने बताए। राजस्व धेरै ठाउँबाट बुझाउनुपर्ने प्रणालीको अन्त्य गर्नुपर्ने उनको सुझाव थियो।
कार्यक्रममा सहभागी हुँदै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी करमैत्री वातावरण निर्माण आवश्यक भएको बताइन्। उनले व्यावसायिक वातावरण सुधार र उद्यमीको मनोबल उच्च बनाउन सरकारी निकाय सदैव तयार रहने धारणा राखिन्।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले कर सेवा प्रवाहलाई अझ सहज र पारदर्शी बनाउँदै करको दायरा विस्तारतर्फ कार्यालय केन्द्रीत रहेको बताए।
आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व संकलन गरेको छ। जसमध्ये आयकरतर्फ ८१ करोड ४६ लाख राजस्व संकलन गरेको छ। यस्तै मूल्य अभिवृद्धि कर तर्फ ५२ करोड २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ।
अन्तः शुल्कतर्फ १२ करोड ७१ लाख रूपैयाँ राजस्व संकलन भएको छ। कार्यालयले विलाशिता शुल्कवापत् ३ करोड ७८ लाख राजस्व संकलन गर्न सफल भएको छ।
कार्यालयले गत वर्षको सोही अवधीको तुलनामा १ करोड ५४ लाख बढी राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार संकलन गरेको थियो।
Shares

प्रतिक्रिया