गण्डकी


मादक पदार्थ सेवनपछि भएको झगडाले पोखरामा एक व्यक्तिले ज्यान गुमाए

मादक पदार्थ सेवनपछि भएको झगडाले पोखरामा एक व्यक्तिले ज्यान गुमाए

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १२:५, पोखरा

मादक पदार्थ सेवनसँगै सुरु भएको झगडाले उग्र रुप लिँदा कास्कीको पोखरामा एक व्यक्तिले ज्यान गुमाएका छन्।  

पोखरा-५, मालेपाटन बस्ने ४५ वर्षीय अनिल पराजुली र पोखरा १८ सराङकोट घर भइ त्यही नजिक मालेपाटन बस्दै आएका २४ वर्षीय किशोर तिमिल्सिना मिलेरै जग्गाको कारोबार गर्थे। 

तिहारको भोलिपल्ट अर्थात् शुक्रबार  दुबैजना पोखरा- ५, पस्र्याङको एउटा होटलमा खानपिनमा सामेल भए। मादक पदार्थ सेवन गर्दै गएपछि उनीहरुबीच विवाद सुरु भयो। सामान्य  निहुँमा सुरु विवाद बढेपछि दुवैजना होटल बाहिर निस्के। त्यतिबेलासम्म रात छिप्पिइसकेको थियो। 

होटेलबाट बाहिर निस्केपछि किशोरले अनिल पराजुलीमाथि चक्कु प्रहार गरे। चक्कु प्रहारपछि गम्भीर  घाइते रहेका अनिललाई छाडेर उनी भागे। शुक्रबार रातको करिब ३ बजेतिर वडा प्रहरी कार्यालय बैदामलाई पस्र्याङको चिल्डे«न पार्कनेर एक व्यक्ति अचेत अवस्थामा रहेको सूचना दिइयो। 

सूचनापछि त्यहाँ पुगेको प्रहरीले घाइतेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी) अस्पताल लग्यो। तर, अस्पताल पुग्दासम्म अनिलको ज्यान गइसकेको थियो।

कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न २४ वर्षीय किशोरलाई उनले प्रयोग गरेको चक्कुसहित पक्राउ गरिएको छ भने घटनाको थप अनुसन्धान हुँदैछ। 

प्रारम्भिक बयानको आधारका सामान्य निहुँबाट सुरु भएको झगडाकै क्रममा चक्कु प्रहार भएको देखिएको उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad