जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी भएका दुई घरमा मृत फेला परेका दुई शवको पहिचान भएको छ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाका भाइ ध्रुव थापाको पोखरा-९, नयाँबजारस्थित घरमा भेटिएको शव सिन्धुपाल्चोककी सञ्जु नगरकोटीको रहेको कास्की प्रहरीले जानकारी दिएको छ।
उनी त्यहाँ घरेलु कामदार थिइन्। ध्रुव थापा अटो व्यवसायी हुन्।
मृतकको पहिचान भए पनि ठेगाना अस्पष्ट रहेको कास्की प्रहरीले जनाएको छ।
यता मन्त्री थापाकै छोरा सौगात थापाले सञ्चालन गर्ने अंशुभरा समूहको लेकसाइडस्थित भवनमा मृत भेटिएकी युवती दैलेख-८, छेत्रपा फेदीकी २७ वर्षीया स्वस्थानी थापा रहेको खुलेको छ।
उनी पोखराको एउटा स्पामा काम गर्ने गरेको र सो भवनमा आगलागी हुँदा जलेको प्रहरीको भनाइ छ।
420
Shares

प्रतिक्रिया