बागमती


मकवानपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु

मकवानपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १४:३८, हेटौंडा

मकवानपुरमा दिनभर निषेधाज्ञा र राति कर्फ्यु लागू गर्ने निर्णय गरेको छ। 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै पछिल्लो सुरक्षा अवस्था र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आदेश जारी गरिएको बताइएको छ। 

अर्को आदेश जारी नभएसम्म बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुकी ७ बजेदेखि शुक्रबार (भोलि) बिहान ६ बजेसम्म कर्फ्यु लागू रहने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन्। 

उनका अनुसार अत्यावश्यक कार्यका लागि बिहान ६-१० बजेसम्म र बेलुकी ५-७ बजेसम्म आवतजावत गर्न पाइने व्यवस्था गरिएको छ।

निषेधाज्ञा तथा कर्फ्यु अवधिमा ५ जनाभन्दा बढी मानिस भेला वा जम्मा हुन नपाइने आदेशमा उल्लेख गरिएको छ। तर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स, शववाहन, दमकल, औषधी, खाद्यान्न, इन्धन, दुध, तरकारी तथा पशुपंक्षी दाना ढुवानी गर्ने सवारी साधन सञ्चालनमा रोक लाग्ने छैन।

त्यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले परिचयपत्र देखाई कार्यस्थलसम्म जान पाउने व्यवस्था गरिएको छ। 

अन्तर्राष्ट्रिय वा राष्ट्रिय उडानका यात्रुहरूले भने टिकट देखाई सुरक्षाकर्मीको समन्वयमा विमानस्थलसम्म आवतजावत गर्न सक्ने जनाइएको छ।

 जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा तथा कर्फ्यु आदेशको अवज्ञा गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad