गण्डकी


गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन

गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन

नेपालखबर
बैशाख ८, २०८२ सोमबार २१:४१, काठमाडौँ

गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ। योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आयोजना बैंक सञ्चालनमा ल्याइएको हो।

आज एक कार्यक्रमका बीच यस कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकमा प्रविष्ट हुने योजनाको प्राथमिकता निर्धारण र कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गरे।

 प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्न सहज हुने गरी योजना बैंक सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ।

आजै भएको प्रदेश र स्थानीय तहबीच योजना साझेदारी विषयक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमबारे जानकारी लिएका थिए। कृषि र पर्यटन केन्द्रित साझेदारी कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना र युवा पलायन रोक्ने गरी भूमिका खेल्न उहाँले सबैलाई आग्रह गरे।

लागत साझेदारीमा प्रतिफल देखिने खालको योजना बनाउन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्ष नमुना कार्यक्रमको रूपमा केही योजना सञ्चालन गरिने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad