कास्कीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा ग.१६ प २०७५ नम्बरको स्कुटरलाई ना.५ ख ६२२२ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रककको ठक्करबाट पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ५३ वर्षीय शिवराज कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
72
Shares

प्रतिक्रिया