गण्डकी


चीनबाट १२७ जना आए, पोखराबाट १२६ जना छेन्दु गए

चीनबाट १२७ जना आए, पोखराबाट १२६ जना छेन्दु गए

नेपालखबर
चैत ५, २०८१ मंगलबार २०:७, पोखरा

सिचुवान एयरलाइन्सले छेन्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको छ। 

नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७० औँ वर्षको अवसर पारेर यो उडान सुरु गरिएको सिचुवानले जनाएको छ। 

सिचुवानको चार्टर विमानबाट १२७ जना चिनियाँहरु पोखरा झरेका छन्। सो जहाजबाट पोखराका मेयरसहित १२६ जना मंगलबार नै चीन गएका छन्। 

टोलीले एक सातासम्म चीनको छेन्दुलगायत विभिन्न सहरमा हुने सेल्स मिसनमा सहभागिता जनाउने छ।

चिनियाँ भ्रमण दलमा व्यवसायीदेखि कलाकारसम्म रहेका छन्। उनीहरु आइतबार पोखरामा आयोजना हुने चिनियाँ सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन्। चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाले यो कार्यक्रमको आयोजना गरेका हुन्। अघिल्लो वर्ष पनि पोखरामा यस्तै कार्यक्रम आयोजना गरिएको थियो ।

एयरलाइन्सले साताको एक पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेछ। पोखराबाट ३ वटा र चीनको तर्फबाट १० वटा फ्लाइट बुक भइसकेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad