गण्डकी


फार्ममा पसेर ३० वटा कालिज मारेको चितुवाको जीवितै उद्धार

फार्ममा पसेर ३० वटा कालिज मारेको चितुवाको जीवितै उद्धार

नेपालखबर
पुस २६, २०८१ शुक्रबार २०:०, कुस्मा (पर्वत)

पर्वतको जलजला गाउँपालिका–५, कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ।

स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो।

बुधबार दिउँसो पसेको चितुवालाई आज बिहानमात्र नियन्त्रणमा लिन सफल भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ।

पोखराबाट आएका वन्यजन्तु उद्धार टोलीले कार्यालयका वन अधिकृत रामबहादुर विकको नेतृत्वमा चितुवालाई जीवितै उद्धार गरी नियन्त्रणमा लिइएको विकले जानकारी दिए।

बिहीबार साँझ फार्ममा पुगेको उक्त टोलीले रातभर प्रयास गरेपछि आज बिहान उद्धार गरेको उनले बताए। उद्धार गरिएको चिुतवालाई सुरक्षित स्थानमा लगेर छाडिने वन अधिकृत विकले उल्लेख गरे।

चितुवा ४० किलो तौलको छ भने करिब सात वर्षको हुन सक्ने उनले अनुमान गरे। फार्मभित्र पसेर चितुवाले ३० वटा कालिज मारेको छ भने सयौँ कालिज चितुवा पस्ने बेला जालीबाट भागेका कृषक पुनले बताए। उनका अनुसार चितुवाको आक्रमणबाट करिब ७ लाखको क्षति भएको छ।

जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको कृषि फार्ममा लगाइएको ७ फिट उचाइको तारजाली पार गरेर चितुवाले कालिजमाथि आक्रमण गरेको बताए।

यसअघि पनि उक्त क्षेत्रमा चितुवाले बाख्रा, कुकुर, गाईभैँसीलाई आक्रमण गर्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad