गण्डकी


रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १४:२९, पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई सातौँपटक आज कास्की जिल्ला अदालत उपस्थित गराइएको थियो। 

म्याद थपका विषयमा भएको बहसपछि जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। 

प्रहरीले थप ९ दिन म्याद मागे पनि अदालतले ५ दिनको समय मात्र थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकृत सुरज अधिकारीले जानकारी दिए। 

यसअघि रविविरुद्ध ६ पटक हिरासत म्याद थप भइसकेको छ। 

लामिछानेविरुद्ध  ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।

यसबीच उनलाई रुपन्देही (बुटवल), काठमाडौँ, चितवन र पर्सा (वीरगन्ज) का विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ। 

रविविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad