गण्डकी


लमजुङको मकैडाँडा मोडमा जिप पल्टिँदा २२ घाइते, प्रहरी भन्छ- क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना

लमजुङको मकैडाँडा मोडमा जिप पल्टिँदा २२ घाइते, प्रहरी भन्छ- क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना

नेपालखबर
असोज २७, २०८१ आइतबार १५:४३, लमजुङ

लमजुङको सारिङबाट सदरमुकाम बेसीसहर जाने क्रममा यात्रुवाहक जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। 

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको लमजुङ प्रहरीले जानकारी दिएको छ।  उनीहरूको टाउकोमा चोट छ। बाँकी घाइतेहरूको उपचार बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले बताए।

उनका अनुसार, ग १ ज ८५५१ नम्बरको जिप बिहान ११ः२० बजे मकैडाँडा मोड भन्ने स्थानमा दुर्घटना भएको हो।

क्षमताभन्दा बढी यात्रु रहेको जिप घुम्तीको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिपका चालक बेसीसहर- ६ का ५८ वर्षीय कृष्णबहादुर रिमाल सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, घाइतेहरूमध्ये बेसीसहर-७ का ४० वर्षीय राजु रिमाल, बेसीसहर-६ का ४० वर्षीया विमला अधिकारी, ३६ वर्षीय केशव विक, ५ वर्षीय असीम विक, १९ वर्षीया सुमना सेन्चुरी, ४५ वर्षीय राधा रिमाल र ४७ वर्षीया विमला कार्कीको अवस्था मध्यम खालको छ।

बेसीसहर-३, गाउँसहरका ३० वर्षीया सृजना भुजेल, ८ वर्षीय विवश भुजेल, २१ वर्षीय विकास भुजेल, बेसीसहर-६ का २९ वर्षीया सुविसा थापा, २४ वर्षीय राजेस बस्याल, २४ वर्षीया निशा भण्डारी, ३ वर्षीय रियान बस्याल, ३५ वर्षीय भवीश्वर भण्डारी, १६ वर्षका कृतन भण्डारी, १९ वर्षीया सुस्मा रिमाल, ४१ वर्षीय राजेन्द्र रिमाल, १३ वर्षीया सोनिया सेन्चुरी र ४५ वर्षीया राधा रिमालको अवस्था सामान्य छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad