ad ad

गण्डकी


गण्डकी प्रदेशसभामा माओवादी भन्यो– फणीन्द्र हाम्रै सांसद हुन्, ह्विप लाग्छ

गण्डकी प्रदेशसभामा माओवादी भन्यो– फणीन्द्र हाम्रै सांसद हुन्, ह्विप लाग्छ

नेपालखबर
जेठ २८, २०८१ सोमबार १६:५, काठमाडौँ

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले  नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटा माओवादी केन्द्रकै सांसद भएको जिकिर गरेका छन्।

प्रदेशसभामा बोल्दै उनले ती सांसदलाई पार्टीको ह्विप लाग्ने पनि बताए।

‘यहाँ कुरा आइरहेको नेसपा। हाम्रो घेराभन्दा बाहिरको पार्टी छ। तर, संसदभित्र त्तयो पार्टी छैन। म एकजना त्यसको सदस्य हुँ भनेर भन्नुहुन्छ, तर उहाँ गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको सदस्य हुनुुहुन्छ,’ चुमानले भने।

उनले मुख्यमन्त्रीले विश्वासको मत मागेको सन्दर्भ कोट्याउँदै अब संविधानको धारा १६८ को उपधारा ५ अर्थात् जुनसुकै बहुमत जुटाउने सांसदले बहुमत पुर्‍याएर मुख्यमन्त्री बन्ने वातावरण बनाउन आग्रह पनि गरे।

‘हिजो हामीले निर्णय गरेका छौँ, यसपटक हामीले माननीय सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन सकिँदैन,’ उनले भने, ‘त्यसकारण हामी सबै संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ। यसकारण हाम्रो संसदीय दलको सबै सदस्यलाई लागू हुन्छ। अहिले हामीले विश्वासको मत दिन नसकिने निर्णय अनुसार विपक्षीमा उभिन्छौँ।’

‘नआत्तिऔँ, मैले न भने ५ मा पुगेपछि ठूलै ठाउँ बाँकी रहन्छ। हामी सबै मिलेर छलफल गर्ने ठाउँ बाँकी छ, त्यसबाट अलि राम्रो सरकार बन्छ कि भन्ने अपेक्षा पनि छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .