ad ad

गण्डकी


पोखरा महानगरद्वारा पोखरा भ्रमणका लागि चिनियाँ नागरिकलाई निम्तो

पोखरा महानगरद्वारा पोखरा भ्रमणका लागि चिनियाँ नागरिकलाई निम्तो

नेपालखबर
असार ६, २०८० बुधबार १३:२३, काठमाडौँ

पोखरा महानगरपालिकाले पोखरा भ्रमणका लागि चिनियाँ नागरिकलाई निम्तो दिएको छ। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका मेयर धनराज आचार्यले भ्रमणको निम्तो दिएका हुन्।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको मित्र राष्ट्र चीनले बाँकी दिनहरुमा पनि त्यहाँका विभिन्न मुख्य शहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको छु। म यसै मञ्चबाट सुन्दर नगरी पोखरा भ्रमणका लागि चिनियाँ नागरिकहरुलाई आग्रह गर्दछु।’

आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताए। 

उनले चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको पनि बताए। चीनले आगामी दिनमा पनि विभिन्न मुख्य शहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको बताए।

‘यस सुखद् विमान अवतरणसँगै १५ सय वर्ष पुरानो नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ बन्ने अपेक्षा राखेको छु। चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको छु,’ उनले भने।

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल–चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरूको वृद्धि हुने बताएका छन्। 

उनले मुस्ताङको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरू पोखरा आउने सम्भावना उच्च रहेको बताए। 

उनले नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल जस्तै समयसमयमा विभिन्न फेस्टिभलहरुको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटकहरू वृद्धि गर्न सकिने बताए।

‘हामीलाई सबै पक्षबाट साथ सहयोग रह्यो र यहाँ चिनियाँ पक्षबाट पनि सहयोग भयो र साथै पर्यटकीय गतिविधिहरु पनि यहाँबाट बढाएँदै लैजान सकियो भने विमानस्थल नियमति सुचारु हुनसक्छ,’ उनले भने, ‘यहाँ हामीले विभिन्न फेस्टिबलहरु बारम्बार गरिरहनुपर्छ। दोस्रो मुस्ताङबाट नाका खोल्न सक्यौँ भने धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई सडकबाटै पोखरा ल्याउन सकिन्छ। यो मुख्य आकर्षणको केन्द्र हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .