ad ad

गण्डकी


मुख्यमन्त्रीमा कांग्रेस र माओवादीबीच कुरा मिलेन, गण्डकीको चालु अधिवेशन अन्त्य

मुख्यमन्त्रीमा कांग्रेस र माओवादीबीच कुरा मिलेन, गण्डकीको चालु अधिवेशन अन्त्य

नेपालखबर
बैशाख १०, २०८० आइतबार २१:५, पोखरा

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भइसकेका छन्।

शनिबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरेसँगै उनी पदमुक्त भएका हुन्।

गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका खगराजको बहिर्गमनसँगै यहाँ नयाँ सरकार बनाउने कसरत सुरु भएको छ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे र माओवादी केन्द्रमा संसदीय दलका नेता हरिबहादुर चुमान मुख्यमन्त्रीको दौडमा छन्।

तर, सत्ता साझेदारी गर्ने सहमति गरेका यी दुई दलमध्ये कसको नेतृत्वमा सरकार बन्ने टुंगो लागेको छैन।

दलहरुबीच सहमति जुटेसँगै उनीहरुले सरकार गठनको लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नेछन्।

दुवै दल यतिबेला आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका छन्। यस्तैमा गण्डकी प्रदेशको चालु अधिवेशन भने अन्त्य भएको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजो पदमुक्त भएका खगराज अधिकारी नेतृत्वको सरकारको सिफारिस बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन्।

सरकारले विश्वासको मतको प्रक्रिया टुंगिएसँगै प्रदेश सभा अन्त्य गर्ने निर्णय गरिसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .