ad ad

गण्डकी


पोखराको पृथ्वीचोकमा अब पोखरा घर र घण्टाघर!

पोखराको पृथ्वीचोकमा अब पोखरा घर र घण्टाघर!

नेपालखबर
माघ १७, २०७९ मंगलबार २१:२, पोखरा

२०३२ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखराको पृथ्वीचोकमा आधुनिक बसपार्कको लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिदिए। व्यवस्थित पोखरा बनाउने अभियानमा खटिएका उनले अधिग्रहण गरिएको जग्गामा अहिलेसम्म पनि आधुनिक बसपार्क बन्न सकेको छैन।

बरु, २०५ रोपनी क्षेत्रफलको जग्गा खुम्चिएर ८१ रोपनीमा झरेको छ। 

आधुनिक बसपार्क बनेको भए पोखराको पृथ्वीचोकमा टिकट काउन्टर र आधुनिक टर्मिनल भवन पनि बन्थ्यो नै। तर,त्यसो भएन।

टिकट काउन्टरको लागि छुट्याइएको २ रोपनी जग्गामा नाममात्रको टिकट काउन्टर बन्यो। बाँकी जग्गा त्यत्तिकै रह्यो।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको सो जग्गामा कालान्तरमा ट्राफिक प्रहरीले कार्यालय बनायो।

ट्राफिक प्रहरीले ‘गोलघर’ भनेर चिनिने सो घर छाडेसँगै महानगरले  ‘पोखरा घर’ बनाउने उद्घोषसहित पुरानो संरचनामा डोजर चलाएको छ।

चालु आर्थिक वर्षको बजेटमा २ करोड रुपैयाँ विनियोजन गरेको महानगरले १५ दिनभित्र पुरानो संरचना सफा गर्ने र नयाँ भवनको काम थाल्ने वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिएका छन्। उनले भवनको डीपीआर बन्दै गरेको र सो नयाँ भवनमा पोखरा आर्ट ग्यालरी, पुस्तकालय र एउटा घण्टाघर बन्ने जानकारी दिए। 

बसपार्क पनि छिट्टै 
यता,पोखरा ९ मै बसपार्कको लागि अधिग्रहण गरिएको जग्गामा पनि छिट्टै नयाँ बसपार्क निर्माण थालिने वडाध्यक्ष मर्सानीले बताए। बसपार्कको लागि पनि डीपीआर तयार पारिएको उनले बताए। 

मेयर धनराज आचार्यले एक वर्षभित्र त्यहाँ बसपार्क बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। तर, बसपार्क २०५ रोपनीमा नभएर ८१ रोपनी क्षेत्रफल वरपर बन्नेछ। 

सुकुम्बासीको नाममा भएको जग्गा कब्जा, सेती नदीले ६५ रोपनी जग्गामा चिरा पारिदिँदा, पृथ्वी राजमार्ग निर्माणताका अधिग्रहण गरिएको जग्गाको मुआब्जास्वरुप झण्डै ४० रोपनी जग्गा नै फिर्ता दिँदा त्यो अवस्था आएको हो।

कतिसम्म भने २०३२ सालमा अधिग्रहण गरिएको जग्गाको २०६० सालसम्म मुआब्जा वितरण गरियो।

त्यसबापत् जग्गाधनीलाई २ रोपनी बराबर एक घडेरी दिने सम्झौता गरिएको थियो। प्रस्तावित बसपार्क क्षेत्रमा सुकुम्बासीको नाममा रहेका ५ सयजति घरधुरीमध्ये वास्तविक भूमिहीनलाई अन्यत्र स्थान्तन्तरण गरिने पनि उनको उद्घोष छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .