ad ad

गण्डकी


स्याङ्जामा कांग्रेसले लियो उम्मेदवार सिफारिसबापत शुल्क

स्याङ्जामा कांग्रेसले लियो उम्मेदवार सिफारिसबापत शुल्क

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १२:२७, काठमाडौँ

नेपाली कांग्रेसले स्याङ्जामा प्रदेशसभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार सिफारिसबापत शुल्क लिएको छ।

कांग्रेसले प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट उम्मेदवार सिफारिस गर्दा स्याङ्जाका चारवटै प्रदेशसभा क्षेत्रबाट सिफारिस शुल्क लिएको हो। 

स्याङ्जा–१ (क) प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट उम्मेदवारका लागि जिल्ला कार्यसमितिमा सिफारिसमा परेका एक नेताले सिफारिस शुल्कबापत ११ हजार १११ रुपैयाँ तिरेको जानकारी दिए। उनले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिसमा परेका सबै उम्मेदवारहरुबाट समान शुल्क लिइएको पनि बताए।

यद्यपि, सोमबार नै कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको थियो। केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिहरूलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो। 

७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न÷नउठाउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .