ad ad

गण्डकी


म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ व्यक्ति बेपत्ता

म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ व्यक्ति बेपत्ता

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०७९ मंगलबार ९:३६, म्याग्दी

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज (आइतबार) बिहान पहिराले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन्।

घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।

गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन्। घमबहादुर, उनका श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्।स्थानीय बेपत्ताको खोजी गरिरहेका छन्।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए। घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .