न्युजिल्यान्डको अकल्यान्डस्थित खेलकुद कम्पनी एक्सिसको होर्डिङ स्क्रिनमा घन्टौसम्म पोर्न भिडियो प्रदर्शन भएको छ।
खेलकुद सामाग्रीको प्रवद्र्धनका लागि राखिएका होर्डिङ स्क्रिनमा बिहान कम्पनी खुल्ने समयसम्म पोर्न भिडियो प्रदर्शन भएको देखिएको थियो।
जापानीज कम्पनी एक्सिसका अनुसार उक्त कार्य ह्याकरले गरेका हुन्। ह्याकरले कम्पनीको सिस्टम हातमा लिएर अश्लिल भिडियो होर्डिङ स्क्रिनमा प्रदर्शन गरेको उनीहरुले बताएका छन्।
आफ्नो सुरक्षा कमजोरी स्वीकार्दै कम्पनीले यस विषयमा माफी मागेको छ। प्रहरीले यस घटनामा छानबिन गरिरहेको छ। एजेन्सी
प्रतिक्रिया