केन्यामा आठपटक सफल सर्जरी गराउने डाक्टर नक्कली भएको पाइएको छ।
रोनाल्ड मेल्लीले धेरै वर्ष केन्याको काप्साबेट काउन्टी रिफेराल हस्पिटलमा काम गरे। कसैले उनी नक्कली डाक्टर भएको चाल पाएनन्।
फ्याकुल्टी अफ मेडिसिनका अनुसार रोनाल्डले आठपटक गम्भीर प्रकृतिका सर्जरी गराए। ती सबै सफल भएका थिए।
तर जब केन्याको अनुगमन टोलीले रोनाल्ड मेल्लीसँग डाक्टरीको औपचारिक प्रमाणपत्र खोज्ने प्रयास गरे। उनी नक्कली डाक्टर भएको रहस्य खुल्यो।
जब उनी नक्कली डाक्टर भएको खबर सुनियो त्यहाँका मानिसहरु आश्चर्य चकित बनेका थिए। किनभने उनी त्यहाँका चर्चित डाक्टर थिए।
आन्तरिक रुपमा डाक्टरहरु अस्पतालमा राखिने हुँदा यस्तो समस्या उत्पन्न भएको बताइएको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया