ad ad

रोचक


कालो कुखुराको कालै हड्डी र छाला!

कालो कुखुराको कालै हड्डी र छाला!

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ८:३९,

यसको मासु पनि कालो रङमा घोलिएको जस्तो हुने जनाइएको छ। यो कुखुरा विशेषगरी इन्डोनेसियामा पाइन्छन्।

यस्ता कुखुरा शताब्दीयौंसम्म धार्मिक र रहस्यमय उद्देश्यका लागि प्रयोग गरिएको नेसनल जियोग्राफीले जनाएको छ।

सन् १९९८ मा नेदरल्यान्ड्सका व्यापारीले यसलाई युरोपमा आयात गरे। यतिबेला भने यस्ता प्रजातिका कुखुरा नेदरल्यान्ड्स, जर्मनी, स्लोभाकिया र चेक गणतन्त्रमा पनि पाइन्छन्।

यसको रगत बाहेक सबै अंग कालो हुने वैज्ञानिकहरु बताउँछन्।

यस्ता कुखुराका गुणस्तर हेरेर ५० अमेरिकी डलरदेखि २५ सय अमेरिकी डलरसम्म पर्दछ।

इन्डोनेसियामा पाइने यस्ता कुखुराहरुको मूल्य बढी हुने जनाइएको छ।

वैज्ञानिकहरु यो कुखुराको सबै अंग कालो हुनुको पछाडीको कारण फाइब्रोमेलेनोसिस भएको बताउँछन्।

यस कुखुराको जिन अव्यवस्थित भएको उपसला विश्वविद्यालय स्विडेनकी जिनिसिस्ट लिफ एन्डर्सन बताउँछिन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .