यद्यपी विमानस्थलमा पक्राउ परेपछि उनको अमेरिका सपना अधुरो बनेको छ।
भारतीय संचारमाध्यमका अनुसार ३२ वर्षका जयेश पटेलले ८१ वर्षीय व्यक्तिको नक्कली पासपोर्ट बनाएका थिए।
उनी हालै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दासमेत पासपोर्टमा भएकै व्यक्तिको जस्तो रुप धारण गरेका थिए।
फुलेको दाह्री र मोटो चस्मा लगाएका ती युवाले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचिअरमा बसेर पार गरेका थिए।
तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्। सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको भारतीय अधिकारीले जनाएका छन्।
यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लिखित उमेरसँग मेल खाएजस्तो नदेखिएको उनीमाथि जाँच गरिएको थियो।
जाँचका क्रममा उनले नक्कली राहधानी, नक्कली रुप धारण गरिएको पत्ता लागेको हो। हाल उनीमाथि अुनसन्धान भइरहेको छ।
प्रतिक्रिया