ad ad

रोचक


अन्तरिक्षमा जान खोजिरहेका धनाढ्य बेजोसलाई पृथ्वीमा फर्कन नदिने अभियान सुरु

अन्तरिक्षमा जान खोजिरहेका धनाढ्य बेजोसलाई पृथ्वीमा फर्कन नदिने अभियान सुरु

नेपालखबर
असार ९, २०७८ बुधबार १०:०,

बेजोस आफ्नै कम्पनी ब्लू ओरिजिनले आगामी महिना अन्तरिक्षमा पठाउन लागेको रकेटबाट अन्तरिक्षमा जान लागेका हुन्।

आगामी जुलाई २० मा न्यू सिपहर्ड लन्च भेइकलमा बेजोससँग उनका भाई मार्क पनि अन्तरिक्षमा जाँदैछन्।

बेजोस अन्तरिक्ष भ्रमणमा जाने खबरसँगै यतिबेला उनलाई पृथ्वीमा फर्कन नदिने अभियान सुरुवात भएको छ।

द गार्जियनका अनुसार ७७ हजारभन्दा बढी व्यक्तिले बेजोसलाई पृथ्वीमा फर्कन नदिउ भन्दै निवेदनमा हस्ताक्षर गरेको बताइएको छ।

चेन्ज डट ओआरजी वेबसाइटमा सो हस्ताक्षर संकलन कार्य जारी रहेको छ। विश्वभरका मानिसहरुले आफूलाई सर्बहाराको संज्ञा दिँदै अर्बपति पृथ्वीमा बस्न हुँदैन भन्दै हस्ताक्षर संकलन गरिरहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .