रोचक


३२ वर्षदेखि टापुमा एक्लै बस्दै आएका थिए यी वृद्ध, अहिले यसकारण बसाइँ सर्ने

३२ वर्षदेखि टापुमा एक्लै बस्दै आएका थिए यी वृद्ध, अहिले यसकारण बसाइँ सर्ने

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १०:४३,

८१ वर्षका वृद्ध माउरा मोरान्डी सन् १९८९ देखि उत्तरी सार्डिनियानजिकैको बुडेली टापुमा बसिरहेका थिए।

तर सम्बन्धित निकायको दबाबका कारण उनले सो टापुबाट बसाइँ सर्न लागेका हुन्।

गत वर्ष नै मोरान्डीलाई गुलाबी रङ्गका समुद्र किनारका लागि चर्चित बुडेली टापुका मालिकहरूले बसाइँ सर्न भनेका थिए।

‘मैले जसरी ३२ वर्ष बुडेलीको रक्षा गरेँ त्यसैगरी भविष्यमा यसको संरक्षण हुने आ‍शा गर्दै म टापु छोड्दैछु’ उनले फेसबुकमा टापु छाड्ने विषयमा लेखेका छन्।

‘हाम्रो समाजको धेरै कुराबाट म दिक्क थिएँ, उपभोगवाद र इटलीको राजनीतिक अवस्था’ उनले सन् २०१८ मा बीबीसीसँग कुरा गर्दै भनेका थिए,‘म विद्रोही खालको थिए त्यसकारण मानववस्तीबाट टाढा खाली रहेको पोलिनेसिया टापुमा बसाइँ सर्ने निर्णय गरेँ। म प्रकृतिको नजिक नयाँ जीवन सुरु गर्न चाहन्थेँ।’

तर उनी र उनका केही साथीहरू समुद्री यात्रा गर्दै इटलीको ला माडालेना आइपुगे र त्यहाँ बाँकी यात्राका लागि खर्च जुटाउन काम गर्ने निधो गरे।

Budelli islandबुडेली टापुबाट देखिने दृश्य

बुडेली पुगेपछि र सेवानिवृत्त हुन लागेका उक्त टापुका संरक्षकसँग भेट भएपछि मोरान्डीले त्यहीँ बस्ने निधो गरेका थिए।

त्यसयता उनी सोही टापुको हेरचाह एवं पर्यटकसँग कुराकानी गर्दै आएका थिए। तर यसबीचमा उनलाई टापु छोड्न धेरै दबाब पर्‍यो।

इटली सरकारलाई उनलाई त्यहाँ रहन अनुमति दिन माग गर्दै गरिएको एउटा अभियानमा ७० हजार जनाभन्दा बढीले हस्ताक्षर गरेका थिए।

तर आइतबार उनी आफैंले बसाइँ सर्ने निर्णय गरेका हुन्। यद्यपी उनी टापु नजिक नै बस्नेछन्।

यसबारेमा द गार्जियन पत्रिकालाई उनले भनेका छन्,‘म नजिकैको टापुको एउटा सानो घरमा बस्नेछु। मेरो जीवन खासै परिवर्तन हुँदैन, मैले अझै पनि समुद्र देख्नेछु।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .