रोचक


भाइरल कपडाः मानिसहरु भन्छन् यो लगाएपछि जिम किन जानु पर्‍यो?

भाइरल कपडाः मानिसहरु भन्छन् यो लगाएपछि जिम किन जानु पर्‍यो?

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ८:२३,

कोरोनाको संक्रमण हुने त्रासका कारण जिमहरु बन्द थिए भने मर्निङवाक गर्न प्रतिबन्ध लगाइएको थियो।

घरमै खाएर बसेपछि मानिसहरु मोटाउन थाले। अहिले विश्वभर कोरोनाको नियम खुकुलो हुँदा जिमहरु खोलिएका छन्, मानिसहरु मर्निङवाक जान थालेका छन्।

जे होस् मानिसहरुले शारीरिक व्यायाम गर्न पाएका छन्। लकडाउनका बेला बढेको तौल घट्न थालेका छन्।

यसबीचमा एउटा पोशाक निकै भाइरल बनेको छ। इन्टरनेटभर यसको चर्चा सुरुवात भएको छ। यो कपडा पुरुषले शरीरमा पहिरिन सक्छन्।

यो कपडा लगाएसँगै मानिसको शरीरमा बदलाव देखिन्छ। केहीबेर अगाडिको मोटो मानिस यो कपडा लगाउन साथ जिमरजस्तो देखिन्छ।

चीनको ताओबाओ वेबसाइटबाट यो कपडा विक्री गर्न थालिएको ल्याडबाइबलले जनाएको छ। सिलिकनबाट निर्मित यस कपडा हाल्फ बडी र फुलबडीमा पाइन्छ।

यो पोशाकको विषयमा समाचारहरु आएसँगै मानिसहरुले यो कपडाको ट्रोल गर्दै भन्ने गरेका छन्,‘अब जिम किन जानु पर्‍यो?’

तर जो पहिल्यैबाट जिम जान्छन् उनीहरु भनिरहेका छन्,‘जिम गएको त मतलब नै भएन नि?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .