भारतमा प्रधानमन्त्री तथा उपराष्ट्रपतिको नयाँ निवासदेखि नयाँ संसदसम्मै सुरुङ बनाउने योजना ल्याइएको हो।
यो योजनाले धेरै हिसाबले फाइदा पुग्नसक्ने बताइएको छ। टाइम्स अफ इन्डियाका अनुसार भारतको केन्द्रीय भिस्टा पुनर्विकास परियोजना अन्तर्गत प्रधानमन्त्री तथा उपराष्ट्रपतिको निवासदेखि संसदसम्म पुग्नेगरी तीन वटा सुरुङ निर्माण गरिनेछ।
यी उच्च ओहदाका नेताको सुरक्षाको लागि ठूलो मात्रामा सुरक्षाकर्मीको आवश्यकता हुन्छ। जसका कारण जनताहरु ट्राफिक जाममा पर्छन्।
भारतकाे नयाँ संसदको डिजाइन
प्रधानमन्त्री तथा उपराष्ट्रपतिको निवासबाट नै संसदसम्म पुग्ने सुरुङ निर्माण गरिए उच्च ओहदाका नेतृत्वको सुरक्षामा फाइदा पुग्ने र अर्को ट्राफिक व्यवस्थापन हुने बताइएको छ।
योजनाअनुसार प्रधानमन्त्री तथा उपराष्ट्रपतिको नयाँ आवास संसद नयाँ संसद भवनसँग सुरुङमार्फत् जोडिनेछ।
समाचारका अनुसार केन्द्रीय भिस्टा पुनर्विकास परियोजनाको प्राथमिक उद्देश्य संसद परिसर र त्यस आसपासको क्षेत्रमा सार्वजनिक पहुँच थप सामान्य बनाउनु हो।

प्रतिक्रिया