ad ad

रोचक


राष्ट्रपतिको नमूना सर्वेक्षणमा ट्रम्पलाई पछि पारिन् फुटबलर मेगनले

राष्ट्रपतिको नमूना सर्वेक्षणमा ट्रम्पलाई पछि पारिन् फुटबलर मेगनले

नेपालखबर
असार २८, २०७६ शनिबार ६:४७,

उत्तरमा मेगनले आफू ह्वाइट हाउस नजाने बताएकी थिइन्। राष्ट्रपति कार्यालय भ्रमणमा नजाने भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले सुरुमा विश्वकप जित्ने अनिमात्र ह्वाइट हाउस भ्रमणको सपना देख्ने भनेर प्रतिक्रिया जनाएका थिए।

मेगनकै प्रभावशाली प्रदर्शनका कारण अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि उचाल्यो। मेगनले विश्वकप उत्कृष्ट खेलाडीको उपाधि जितिन् भने उनैले सर्वाधिक गोलकर्ताको अवार्ड गोल्डेन बुट प्राप्त गरिन्।

ट्रम्प र मेगनबीच टकरावको स्थिती खडा भएको अवस्थामा हालै अमेरिकी संस्था पब्लिन पोलिसी पोलिङले आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा ट्रम्प र मेगन कसलाई समर्थन गर्नुहुन्छ भनेर सर्वेक्षण गरेको थियो।

उक्त संस्थाका अनुसार ट्रम्पभन्दा बढी मेगनलाई मानिसहरुले रुचाएका छन्। यस सर्वेक्षणमा ट्रम्पको पक्षमा ४१ प्रतिशत मत प्राप्तहुँदा मेगनको पक्षमा ४२ प्रतिशत मत प्राप्त भएको जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .