समाज


रौतहट डुबानमा पार्ने भारतीय बाँध भत्कियो, घट्दै पानीको सतह

रौतहट डुबानमा पार्ने भारतीय बाँध भत्कियो, घट्दै पानीको सतह

नेपालखबर
असार २८, २०७६ शनिबार ६:२०,

 रौतहटका विभिन्न क्षेत्र डुबानमा पार्ने गरी भारतले लगाएको बाँध भत्किएपछि अहिले यस क्षेत्रमा पानीको सतह घटन थालेको छ।

तीन दिनदेखि निरन्तर रुपमा भएको वर्षाका कारण रौतहटको सदरमुकाम गाैरसहितका क्षेत्रमा बाढी पसेको हो। भारतले सीमानमा बनाएको बाँधका कारण र लालबकैया र बाग्मती नदीको बाँध भत्किएपछि गौर र यस आसपासका क्षेत्र डुबानमा परेका हुन्।

प्रमुख जिल्ला अधिकारी किरण थापाले भरतीय पक्षलाई बाँध खोल्नका लागि अनुरोध गरे पनि सुनुवाई नभएको बताएका छन्। भारतले बाँध खोलुका सट्टा सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको भन्दै स्थानीयले विरोध गरेका छन्।

गौरमा ८ फिट पानीभन्दा माथीसम्म पानीको सतह आएपछि स्थानीले उद्धारका लागि हारगुहार गरिरहेका छन्। सुरक्षाकर्मीका ब्यारेक पनि डुबेका कारण उनीहरुसमेत उद्धारका लागि निस्कन नसकेको प्रहरीले जनाएको छ।

प्रजिअ थापाले सदरमुकामको अवस्था गम्भीर रहेको बताएका छन्। भारतीय सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास पाउन नसकेको उनको भनाइ छ।

बाढीले सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परेको प्रहरीले जनाएको छ।

खबरअनुसार भारतीय बाँध फुटेपछि अहिले गौर र यसआसपासका क्षेत्रमा पानीको सतह घटन थालेको छ।

अहिले गौरमा पानीको सतह घटेसँगै भारतीय बस्तीमा बढी बाढीले आतंक मच्चाएको छ। भारतका अशोगी, सिन्धुलिया, बैरगनिया लगायतका क्षेत्रमा अहिले बढी पसेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .