रोचक


हस्तान्तरण नगरी हजारौं चिठीपत्र घरमै थुपारे एक हुलाकीले

हस्तान्तरण नगरी हजारौं चिठीपत्र घरमै थुपारे एक हुलाकीले

नेपालखबर
माघ १३, २०७६ सोमबार ८:४३,

ती भूतपूर्व हुलाकीले टोक्योनजिकै कानागावास्थित आफ्नो घरमा थुपारेका २४,००० वटा चिठीपत्र अधिकारीहरूले फेला पारेका हुन्।

हाल उनीमाथि जापानी अधिकारीहरूले अनुसन्धान गर्ने घोषणा बताएका छन्।

नाम खुलाइएका ती व्यक्तिको उमेर ६१ वर्ष भएको बताइएको छ।

चिठीपत्र वितरण गर्न धेरै झन्झट भएका तर तन्नेरी सहकर्मीभन्दा आफू कम सक्षम देखिन मन नलागेकाले त्यसो गरेको उनले बताएको जनाइएको छ।

योकोहामाको हुलाक कार्यालयले क्षमायाचना गर्दै ती सबै चिठीपत्र वितरण गर्ने वाचा गरेको छ।

गत वर्ष आन्तरिक परीक्षणका बेलामा ती व्यक्तिबारे शङ्का उत्पन्न भएको थियो। उनी आफू कार्यरत शाखामा वितरणकार्यको प्रमुख थिए।

गल्ती स्वीकारेपछि उनलाई कामबाट हटाइएको थियो।

त्यसपछि फेब्रुअरी २०१७ देखि गत वर्ष नोभेम्बरसम्म झन्डै एक हजार चिठीपत्र हराएको भन्दै उनीविरुद्ध मुद्दा चलाइएको थियो।

प्रकाशित समाचारहरूका अनुसार उनले सन् २००३ देखि नै चिठीपत्र वितरण नगरी थुपार्न थालेका थिए।

दोषी ठहर भएमा उनलाई तीन वर्ष जेल अथवा झन्डै पाँच लाख येन जरिवाना हुनसक्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .