आज जुन २६ मा क्यानडाको टोरन्टोमा मेयरको चुनाव हुँदैछ। चुनावका लागि १०२ जनाले उम्मेदवारी दिएका छन्।
ती उम्मेदवारको सूचीमा एक कुकुरको नाम पनि छ।
सात वर्षीय मोली नामको कुकुरलाई उम्मेदवार बनाएर उनका मालिक टपी हिप्स 'स्टप द साल्ट असाल्ट' अर्थात् 'नुनको आक्रमण रोक' नारासहित चुनावी अभियानमा खटिएका छन्।
हिप्सको दावी छ कि जाडो मौसममा सडकमा ठूलो मात्रामा नुनको प्रयोग हुँदा कुकुर लगायत अन्य जनावरहरूको खुट्टामा क्षति पुगिरहेको छ। चुनाव जितेमा सडकमा नुनको मात्रा घटाएर जनावरको खुट्टामा हुने क्षतिबाट बचाउने एजेण्डा उनले अघि सारेका छन्।
उनको अभियानमा किफायती आवास, ठूला व्यवसायहरूमा कर वृद्धि, घर र कार्यालयका लागि जीवाष्म ईन्धन तताउने प्रणालीमा प्रतिबन्धलगायतका एजेण्डा पनि सहभागी छन्।
उनले बीबीसीसँग कुरा गर्दै भनेका छन्, 'मोलीले जित्यो भने म उसलाई सम्माननीय मेयर बनाउँछु।'
उनले मेयर कुकुर भएमा उसले धेरै राम्रो काम गर्ने अन्तर्वार्तामा भनेका छन्। उनको यस तर्कलाई धेरैले व्यङ्ग्यको रूपमा हेरेका छन्।
Shares
प्रतिक्रिया