ad ad

रोचक


फेला पर्‍यो गोलो आकारको अण्डा, बिक्यो १ लाख ८३ हजार रुपैयाँमा

फेला पर्‍यो गोलो आकारको अण्डा, बिक्यो १ लाख ८३ हजार रुपैयाँमा

नेपालखबर
असार ५, २०८० मंगलबार १३:५७, काठमाडौँ

अष्ट्रेलियाको एक सुपरमार्केटमा गोलो आकारको अण्डा भेटिएको छ।

एक महिलाले फिसरम्यान बेन्डको बुलवर्थ सुपरमार्केटमा किनेको अण्डाको क्यारेटमा एक गोलाकार अण्डा भेटिएको हो। अनौठो अण्डा भेटिएपछि उनले उक्त अण्डासहितको भिडि‌ओ इन्स्टाग्राममा राखिन्।

गुगलमा खोजेर हेर्दा उनलाई थाहा भयो यस प्रकारको अण्डा भेटिनु एकदमै दुर्लभ हो, अण्डा गोलो हुने सम्भावना १ अर्ब अण्डामा एउटा मात्रै हुन्छ।

इन्स्टाग्राममा उक्त भिडि‌ओ हालसम्म २ लाख जनाले हेरिसकेका छन्। कमेन्टमा रोचक प्रतिक्रियाहरू प्राप्त भएका छन्।

उक्त अण्डा पछि १४ सय अमेरिकी डलर (नेपाली करिब रु १ लाख ८३ हजार ६०० रुपैयाँ)मा बिक्री भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .