रोचक


७२ सिटको विमानमा एकजना मात्र यात्रु बोकेर विराटनगर पुग्यो बुद्ध एयर

७२ सिटको विमानमा एकजना मात्र यात्रु बोकेर विराटनगर पुग्यो बुद्ध एयर

बुद्ध एयरको विमानमा एक्लै सवार गरेका व्यवसायी उद्धव पौडेल।


नेपालखबर
कात्तिक १६ , काठमाडौँ

मंगलबार (१५ कात्तिक) साँझ व्यवसायी उद्धव पौडेलले सामाजिक सञ्जालमार्फत एक अनुभव सेयर गरे। काठमाडौंबाट बुद्ध एयरबाट विराटनगर जाँदैगर्दाको तस्बिरसहित पौडेलले सामाजिक सञ्जालमा ‘रोमाञ्चक अनुभव’ भन्दै लेखेका थिए। 

उक्त फोटोसहितको पोस्टबारे अहिले सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ। व्यवसायी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पौडेल ७२ सिटको जहाजमा एक्लै यात्रा गरेका हुन्। 

कहिलेकाहीँ यात्रुले चाहेर पनि टिकट खरिद गर्न नपाएका हुन्छन्। तर, मंगलबार बुद्ध एयरले एकजना मात्र यात्रु बोकेर विराटनगर पुगेपछि यसकाे चर्चा भएको हो।

पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज मिति २०७९/०७/१५ काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु। रोमाञ्चक अनुभव’

कात्तिक १६, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.