ad ad

रोचक


एउटै घरमा फेला पर्‍यो ३० वर्षअघि हराएको कछुवा

एउटै घरमा फेला पर्‍यो ३० वर्षअघि हराएको कछुवा

नेपालखबर
जेठ २४, २०७९ मंगलबार १३:४९, काठमाडौँ

ब्राजिलको एक परिवारले ३० वर्षअघि हराएको कछुवा फेला पारेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ब्राजिलको रियो दि जेनेरियोमा मानुएला नाम गरेको कछुवा सन् १९८२ मा हराएको थियो।

हराएको कछुवाबारे लामो खोजी कार्य पनि चलाइएको थियो। तर, कछुवा फेला परेन। 

त्यतिबेला परिवारका मानिसहरुले ढोका खुला नै भएकाले कछुवा ढोकाबाट आफैं बाहिर गएको हुन सक्ने अनुमान गरेका थिए।

३० वर्षपछि हालै मात्र आफ्ना बाबुको निधनमा पुरानो घर गएको परिवारले ३० वर्षअघि हराएको कछुवालाई सोही घरकाे काम नआउने काेठामा फेला पारेका हुन्।

कछुवाका मालिक लिनद्रोले पुरानो रेकर्ड प्लेयर राख्ने गरेको कोठामा कछुवा फेला परेको बताए।

उनका बाबुलाई कुनै पनि बिग्रेका सामान बनाउन सक्नु भन्ने लाग्थ्यो, त्यसैले उनले यस्ता बिग्रेका सामानलाई उक्त कोठामा राख्ने गर्थे। 

यद्यपि यति लामो समयसम्म कछुवा कसरी जीवित रह्यो भन्ने कुराले भने लिनद्रो आश्चर्यमा परेका थिए।

फोहोरहरु भएको उक्त कोठामा कछुवा काठको धुलो र अन्य साना कीराहरु खाएर बाँचेको हुन सक्ने अनुमान छ। 

कछुवा २५५ वर्षसम्म बाँच्न सक्छ भने खाना र पानी बिना ३ वर्षसम्म बाँच्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .