रोचक


बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले अस्वीकार गरिन् बिहे

बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले अस्वीकार गरिन् बिहे

नेपालखबर
जेठ ११ , काठमाडौँ

भारतको उत्तर प्रदेशमा बेहुलाको टाउकोमा कपाल नभएको भन्दै एक बेहुलीले मण्डपबाटै विवाह छाडेकी छिन्।

उत्तर प्रदेशको उन्नाओ जिल्लामा विवाहको बीचमा बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी हुन्।

मण्डपको कार्य गर्नुभन्दा अगाडि बेहुला बेहोस भएर लडेका थिए। सो क्रममा उनको टोपी झरेको थियो। यससँगै त्यहाँ उपस्थित सबैले बेहुलाको टाउकोमा कपाल नभएको देखेका थिए। 

त्यसपछि विवाह गर्न अस्वीकार गरेकी बेहुलीलाई अन्य मानिसहरुले सम्झाउने प्रयास गरे पनि उक्त प्रयास सफल हुन सकेन। 

बेहुली पक्षले विवाह तय हुनुभन्दा पहिला नै बेहुलाको टाउकोमा कपाल नभएको कुरा लुकाइएको आरोप लगाएको छ।

यो मुद्दा स्थानीय प्रहरीकोमा पनि पुगेको थियो। तर, त्यहाँ पनि बेहुलीले आफ्नो अडान छाडिनन् र विवाह गर्न अस्वीकार गरिन्।

अन्ततः गाउँ पञ्चायतको बैठकमा यो कुरा पुगेको थियो। जहाँ बेहुली पक्षले विवाहमा ५ लाख ६६ हजार खर्च भएको बताएका थिए।

बेहुला पक्षले बेहुली पक्षको माग स्वीकार गर्दै सबै पैसा फिर्ता गरेको थियो। त्यसपछि बेहुला बेहुली बिना नै कानपुर फर्किएका थिए। 

बेहुलीका काकाले बेहुला पक्षले यसअघि नै बेहुलाको टाउकोमा कपाल नभएको विषयमा जानकारी दिएको भए यो घटना नहुने बताए।

सुरुवात नै झूटबाट भएकाले यो सम्बन्ध अघि नबढाउने निष्कर्षमा पुगेको उनको भनाइ छ।

जेठ ११, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad