ad ad

रोचक


यात्रुको मोबाइलमा डरलाग्दो तस्बिर आएपछि उडान नै रद्द

यात्रुको मोबाइलमा डरलाग्दो तस्बिर आएपछि उडान नै रद्द

नेपालखबर
बैशाख २८, २०७९ बुधबार ९:२८, काठमाडौँ

इजरायलको तेल अभिभमा एक यात्रुको मोबाइलमा आएको डरलाग्दो तस्बिरको कारण विमानको उडान नै स्थगित भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार विमानस्थलबाट उड्नै लाग्दा यात्रुको मोबाइलमा उक्त तस्बिर आएको थियो।

त्यसपछि उक्त विमानलाई रनवे बाट विमानस्थलको टर्मिनलमा ल्याइएको थियो। विमानका सबै मानिसको उद्धार गरी विमानको बोर्डमा रहेको लगेजलगायतका सामग्रीहरु पनि परीक्षण गरिएको थियो। 

यद्यपि विमानमा त्यस्तो शंकास्पद कुराहरु भने भेटिएको थिएन।  विमानका एक यात्रुको मोबाइलमा आईफोन एयरड्रपमार्फत विमान दुर्घटनामा परेर ध्वस्त भएको डरलाग्दो तस्बिरहरु आएको थियो। सोही कारण १६० जना यात्रुहरु बोकेको उक्त विमानको सुरक्षा जाँच गरिएको हो। 

प्रहरीले उक्त तस्बिर पठाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ। गलत समाचार फैलाएको आरोपमा उनलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .