ad ad

रोचक


इराकमा प्रहरीको कुकुरविरुद्ध प्रदर्शनकारीले सिंह ल्याए (भिडियो)

इराकमा प्रहरीको कुकुरविरुद्ध प्रदर्शनकारीले सिंह ल्याए (भिडियो)

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ८:४८,

इराकमा गत अक्टोबर १ देखि सरकार विरोधी प्रदर्शन जारी छ।

भ्रष्टाचार र बेरोजगारीविरुद्ध लाखौं प्रदर्शनकारीले हिंस्रक प्रदर्शन गर्न थालेका छन्।

प्रदर्शन हिंस्रक बनेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन विशेष तालिम प्राप्त कुकुरको प्रयोग गरेका छन्।

कुकुर आन्दोनलकारीविरुद्ध खटेपछि विभिन्न स्थानमा प्रहरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सफल पनि भएका छन्।

कुकुरले आन्दोलनकारीलाई हैरान बनाएपछि एक प्रदर्शनकारीले आन्दोलनमा एक सिंह नै ल्याएका छन्।

प्रहरीको कुकुरविरुद्ध ती व्यक्तिले सिंह सडकमै ल्याएको टर्कीको संचार माध्यम डेली सबाले जनाएको छ।

यस घटनाको भिडियोसमेत सार्वजनिक भएको छ। जहाँ एक व्यक्तिले घरमा पालेको सिंह सडकमा ल्याएका छन्।

इराकस्थित मानव अधिकारको उच्च आयोगले दिएको जानकारी अनुसार गत अक्टोबर १ देखि सुरुवात भएको आन्दोलनका क्रममा ३ सय २५ मानिसको मृत्यु भइसकेको छ।

१५ हजार घाइते भएका छन्।

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .