ad ad

रोचक


खानामा ढिलाइ भएपछि बेहुलाले गरे विवाह नै रद्द

खानामा ढिलाइ भएपछि बेहुलाले गरे विवाह नै रद्द

प्रतीकात्मक तस्बिर


नेपालखबर
फागुन ११, २०७८ बुधबार ११:४०, काठमाडौँ

भारतको बिहारमा खानामा ढिलाइ भएको भन्दै बेहुलाले विवाह नै रद्द गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यो घटना बिहारको पुर्निया जिल्लाको बटौना गाउँमा भएको हो।

बेहुलीकी आमा मीना देवीकाअनुसार उनकी छोरीको विवाह अमरी कुक्राउनका राजकुमार ओराओनसँग हुने तय भएको थियो।

यद्यपि विवाहको दिन जन्ती आइपुगेपछि उनीहरुलाई खाना खुवाउन भने केही ढिलाइ भएको थियो। 

खानामा ढिलाइ भएपछि बेहुला र उनका बाबु रिसाएका थिए। त्यसपछि उनीहरुले विवाह प्रक्रिया अघि बढाउन अस्वीकार गरे।

स्थानीय मानिसहरु र गाउँ पञ्चायतले बेहुला पक्षलाई मनाउने प्रयास गरेका थिए तर उनीहरु मानेनन् र फर्किए। 

बेहुलाका बाबुले खाना तथा दाइजोको लागि बेहुलीको तर्फबाट भएको सबै खर्च फिर्ता दिँदै विवाह रद्द गर्ने घोषणा गरेका थिए।

बेहुलीकी आमाले बेहुला र उनका बाबुविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन्। प्रहरीले अहिले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .