ad ad

रोचक


समयभन्दा पहिला नै क्रिसमस लाइट बाल्नेलाई जरीवाना

समयभन्दा पहिला नै क्रिसमस लाइट बाल्नेलाई जरीवाना

नेपालखबर
मंसिर १०, २०७८ शुक्रबार ११:३६, काठमाडौँ

अमेरिकाको फ्लोरिडास्थित एक परिवारलाई समयभन्दा निकै अगाडि क्रिसमस लाइट बालेको आरोपमा सजाय सुनाइएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार फ्लोरिडाको मोफा परिवारले गत नोभेम्बर ६ मा आफ्नो घरअगाडि क्रिसमस लाइट सजाउन एक कम्पनीलाई जिम्मा दिएका थिए। 

यद्यपि केही दिनमा उनीहरुले यो लाइट नहटाए प्रतिदिन १०० डलरदेखि १ हजार डलरसम्म जरीवाना लाग्ने नोटिस पाए। यद्यपि मोफा परिवारले यो लाइट नहटाउने अडान राखेको छ।

घरको छतमा आफू जान नसकेको कारण प्राङ्गणमा नै क्रिसमस लाइट राख्नुको विकल्प आफूहरुसँग नभएको उनीहरुको भनाइ छ। 

वेस्टचेस कम्युनिटीका महान्यायाधिवक्ताले छिमेकीले यस विषयमा गुनासो गरेसँगै कानुनी कारबाही अघि बढाइएको बताएका छन्।

कम्युनिटीका म्यानेजरले अब यस विषयमा अनुसन्धान अघि बढाउनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .