ad ad

रोचक


कांग्रेस रामेछाप सभापतिमा कान्छाराम तामाङ निर्वाचित

कांग्रेस रामेछाप सभापतिमा कान्छाराम तामाङ निर्वाचित

नेपालखबर
असोज १८, २०७८ सोमबार १२:१०, काठमाडौँ

नेपाली कांग्रेस रामेछाप जिल्ला सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन्। 

पहिलो चरणको मतदानमा सभापतिका कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि सोमबार दोस्रो चरणको मतदान गर्न लागिएको थियो।

तर दोस्रो चरणको निर्वाचनअघि नै निकटतम् प्रतिस्पर्धी लवश्री न्यौपानेले समर्थन जनाएपछि तामाङ निर्विरोध निर्वाचित भएका हुन्। 

पहिलो चरणको निर्वाचनमा सभापतिमा संस्थापन पक्षका पूर्णबहादुर तामाङ 'कान्छाराम' ले ६ सय ६८, इतर समूहका लवश्री न्यौपानेले ३ सय ५६ र कृष्णबहादुर महतले ३ सय २८ मत ल्याएका थिए।

चरणमा तामाङ र न्यौपानेबीच प्रतिस्पर्धा हुने तयारी थियो। तर न्यौपानेले समर्थन जनाएपछि तामाङ निर्वाचित भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .