ad ad

रोचक


अफगानिस्तान कब्जापछि तालिबानः जिमखानामा व्यायामदेखि फनपार्कमा मस्तीसम्म! (भिडिओ)

अफगानिस्तान कब्जापछि तालिबानः जिमखानामा व्यायामदेखि फनपार्कमा मस्तीसम्म! (भिडिओ)

नेपालखबर
भदौ १, २०७८ मंगलबार १८:२४, काठमाडौँ

अफगानिस्तानको सत्तामा तालिबानले पूरै कब्जा जमाइसकेको छ। 

अब छिट्टै शरिया कानुन देशैभर लागू गर्ने आकलन गरिएको छ। काबुलमा कब्जा गर्ने निश्चित भएसँगै त्यहाँको सेनाले छोडिदिएको थियो। 

हतियारसहित भाग्दा तालिबानको निशानामा पर्ने डरले उनीहरुले हतियार छोडेर भागे। त्योसँगै तालिबान विद्रोहीहरु यत्रतत्र छन्। 

केही रोचक तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जहाँ उनीहरु कतै जिमखानामा व्यायाम गरिरहेका त कतै फनपार्कमा मस्ती गरिरहेका देखिन्छन्। 

काबुल कब्जा जमाएपछि तालिबान विद्रोहीहरु फुर्सदिला देखिन्छन्। फनपार्कमा केटाकेटी खेल्ने साधनहरुमा उनीहरु बन्दुकसहित रमाइरहेका छन्। बच्चा चढ्ने कारमा तालिबान विद्रोही मस्ती गरिरहेका छन्।   

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .