ad ad

रोचक


बंगलादेशमा विश्वको सबैभन्दा सानो गाई ‘रानी’ हेर्नेको घुँइचो (तस्बिरहरु)

बंगलादेशमा विश्वको सबैभन्दा सानो गाई ‘रानी’ हेर्नेको घुँइचो (तस्बिरहरु)

नेपालखबर
असार २८, २०७८ सोमबार १६:२८,

बंगलादेशमा विश्वकै सबैभन्दा सानो ठानिएको गाई हेर्नेको घुँइचो लाग्न थालेको छ।

वासिङ्टन पोस्टका अनुसार यो गाई दुई फिटभन्दा सानो छ। यसलाई कुकुर, सानो बच्छाबाच्छीले पनि नाघ्न सक्छन्।

यो गाई चरिग्रामको एउटा गाई फार्ममा जन्मिएको थियो। फार्म संचालक काजी मोहम्मद अबु सुफियानका अनुसार यो गाईको नाम रानी हो र यो यतिबेला बंगलादेशभर चर्चित बनेको छ।

उनले आफ्नो गाई विश्वकै सानो गाई भएको दाबी गर्दै अब गिनिस बुक अफ वर्ल्ड रेकर्डमा यो गाईलाई सानो घोषित गर्न निवेदन दिने बताएका छन्।

यो २० इन्च अग्लो गाई २३ महिनाको भएको छ। यसको लम्बाई २७ इन्च हो भने यसको वजन ५७ पाउन्ड हो।

सन् २०१४ मा भारतको २४ इन्च अग्लो गाईलाई विश्वकै सानो गाई घोषणा गरिएको थियो। अब रानी नै विश्वको सानो गाई बन्ने निश्चित देखिएको छ।

यो गाई हेर्न आउनेको यतिबेला घुँइचो लाग्न थालेको छ।

May be an image of animal and outdoors

May be an image of 2 people, animal, outdoors and text that says 'AFP'

May be an image of animal

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .