गायक तथा संगीतकार सत्यराज आचार्य ‘सराज’को ‘१४ फागुन’ लोकार्पण भएको छ।
बुधबार राष्ट्रिय नाचघरमा एक समारोहका बीच हाइकु संग्रहको लोकार्पण गरिएको हो।
कार्यक्रममा कवि विप्लव प्रतीकको प्रमुख आतिथ्य तथा संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ गीत/गजल स्रष्टा रवि प्राञ्जलको विशेष आतिथ्यमा कृति विमोचन गरिएको थियो।
गायक आचार्यले आफ्ना पिता एवं भजन शिरोमणि स्व. भक्तराज आचार्यको वार्षिकी र महाशिवरात्रिको अवसर पारेर आफ्नो कृति लोकार्पण गरेका हुन्।
195
Shares

प्रतिक्रिया