ad ad

कला


तीज गीत प्रतियोगिता: पोखराको सञ्जीवनी दिदीबहिनी समूह पहिलो

तीज गीत प्रतियोगिता: पोखराको सञ्जीवनी दिदीबहिनी समूह पहिलो

नेपालखबर
भदौ २३, २०८१ आइतबार ७:७, कास्की

मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालस्थित वाराहीघाटमा आयोजना गरिएको तीज गीत महोत्सव तथा प्रतियोगितामा पोखरा महानगरपालिका–६ बैदामको सञ्जीवनी दिदीबहिनी समूह पहिलो भएको छ।

प्रतियोगितामा २२ समूहबीच प्रतिस्पर्धा भएको थियो। 

आयोजक संस्था पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) पोखराका अध्यक्ष कमला गिरीका अनुसार विजयी सञ्जीवनी दिदीबहिनी समूहलाई रु ३० हजारसहित पुरस्कृत गरिएको छ। 

यस्तै प्रतियोगितामा द्वितीय भएको सहनशील दिदीबहिनी समूह पोखराले रु २० हजार तथा तृतीय भएको अमरसिंह दृष्टिविहीन समूह पोखराले रु १५ हजार पुरस्कार प्राप्त गरेको छ। सहभागी २२ समूहमध्ये १२ समूहलाई रु पाँच हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको अध्यक्ष गिरीले बताए। 

टेवानद्वारा आयोजना गरिएको दोस्रो संस्करणको उक्त तीज गीत महोत्सवको उद्घाटन शुक्रबार गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गरेका थिए। त्यस्तै प्रतियोगिताअन्तर्गत रस्साकस्सीमा समावेशी आमा समूह विजयी भएको छ भने दुई दिनसम्म निरन्तर आफ्नो नाच प्रस्तुत गर्ने इन्दिरा अधिकारी पुरस्कृत भएकी छन्। 

पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यहाँको पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायी महिला सङ्घ (टेवान( पोखराले यस्तो महोत्सव सुरु गरेको हो। 

टेवानका अध्यक्ष गिरीले मौलिक संस्कृतिको जगेर्नाका साथै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष दोस्रो संस्करणको तीज गीत महोत्सव आयोजना गरिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .