हलिउड तथा बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा हाल आफ्नो नयाँ चलचित्र ‘स्काई इज पिंक’को प्रमोसनमा व्यस्त छिन्।
निर्देशक सोनाली बोसले बनाएको यस चलचित्रबाट प्रियंका तीनवर्षछि बलिउडमा पुनः देखिने भएकी हुन्।
अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि प्राय प्रियंका अमेरिकामै हुन्छिन्।

हालै नयाँ चलचित्रको प्रमोसनमा व्यस्त प्रियंकाले भारतीय संचार माध्यमसँग आफ्ना पछिल्ला चाहना तथा नयाँ गतिविधिका बारेका जानकारी गराएकी छिन्।
सो क्रममा उनले आफूलाई आमा बन्ने र एउटा घर बनाउने प्रमुख चाहना भएको खुलाइन्।
प्रियंकाले भनिन्,‘मसँग यस्ता व्यक्तिगत महत्वकाँक्षा छन् जसलाई मैले कहिल्यै सोचेकै थिइन। म जीवनमा अवश्य आमा बन्न चाहन्छु। म आफ्नो पैसाले घर बनाउन चाहन्छु।’ एजेन्सी

3
Shares

प्रतिक्रिया