ad ad

कला


काठमाडौंमा ठडियो झमक घिमिरेको घर

काठमाडौंमा ठडियो झमक घिमिरेको घर

नेपालखबर
असोज ५, २०७६ आइतबार ९:२७,

पशुपति, गुहेश्वरी हुँदै बाग्मति किनारै किनार जोरपाटीतर्फ अघि बढ्दा पारीपट्टी देखिन्छ, कृष्ण मन्दिर। गोठाटारमा रहेको यो मन्दिरबाट पूर्वतर्फ नियाल्ने हो भने देखिन्छ बालुवै बालुवा भएको समथर, बगर। जहाँ युवाहरु खेलमा व्यस्त देखिन्छन्।

बगरको वरिपरी छन्, स साना थुम्का थुम्की। जहाँ घुम्न आएका मानिसहरु प्रशस्तै भेटिन्छन्। त्यही खुला ठाउँलाई आँगन बनाएर ठडिएको छ, झमक कुमारी घिमिरेको घर।
बाहिर छ पार्किङ। भित्र छिर्ने सिँढीमा ह्वीलचियर गुढाउन मिल्छ। भित्र छिरेपछि छतसम्म पुग्न लिफ्ट राखिएको छ। ठूला झ्यालबाट नियाल्दा चौरमा खेलिरहेका मान्छे मात्र होइन, सिंगो शहर, मन्दिर र शिवपुरी डाँडो देखिन्छ।

भूईं तल्लामा छन् शौचलय र बैठकसहितको तीनवटा कोठा। जसलाई भान्सा, पुस्तकालय र सुत्ने कोठा बनाईनेछ। यहीँ नै झमकको सबैभन्दा बढी समय बित्नेछ।

दोश्रो तलामा पनि उस्तैछन् कोठा, जहाँ उनका परिवार बस्नेछन्। अनि तेश्रो तलामा छ, सभाहल र कौशी। जहाँबाट देखिन्छ, कृष्ण मन्दिर र विमानस्थलबाट उड्ने हवाईजहाज। त्यो भन्दा माथिको छतबाट वरिपरी नियाल्दा देखिन्छ, काठमाडौं शहर झनै राम्रो देखिन्छ, त्यो भन्दा राम्रो देखिन्छ, सूर्य अस्ताउन लागेको दृश्य।

दशैं अघि नै काम सक्ने योजना रहेछ। तर, कहिले निर्माण सामग्री अभाव, त कहिले झरी र वर्षाको प्रभाव। विविध समस्याहरु झेल्दै काम अघि बढिरहेको छ।

पशुपति क्षेत्र विकास कोषको १२ आना क्षेत्रफल बनिरहेको घर २०७७ सालसम्म हस्तान्तरण गर्नु पर्ने सम्झौता छ। १ करोड ८० लाख रुपैँयाको लागतमा निर्माण भईरहेको घर, साँच्चै रहरलाग्दो बनिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .