कला


नक्कली कर अधिकृतबाट ठगिइन् यी अभिनेत्री, तीन जना पक्राउ

नक्कली कर अधिकृतबाट ठगिइन् यी अभिनेत्री, तीन जना पक्राउ

नेपालखबर
असोज २, २०७६ बिहिबार १२:४५,

नक्कली आय कर अधिकृत बनेर बलिउड अभिनेत्री ईशा शरवानीलाई ठग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘लक बाई चान्स’ अभिनेत्री ईशालाई ठगेको आरोपमा दिल्ली प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले ठूलो संघर्षपछि तीन जनालाई पक्राउ गर्न सफल भएको बताएका छन्। ‘एउटा ठूलो सफलता हासिल गर्दै साइबर क्राइम युनिटले तीन जनालाई पक्राउ गर्न सफल भएको छ। यी तीन जना ले आफूलाई अस्ट्रेलियाको कर बिभागको अधिकारी भएको बताउँदै प्रवासी भारतीय (एनआरआई) अभिनेत्री ईशा शरवानीमाथि ठगी गरेका थिए।

ती प्रहरी अधिकारीले ईशाले उनीहरुलाई मनी ट्रन्सफरमार्फत ५७ सय अस्ट्रेलियन डलर पठाएको जानकारी दिए।

ईशले सन् २००५ मा ‘किसना’ फिल्ममार्फत बलिउडमा डेब्यु गरेकी थिइन्। उक्त फिल्ममा उनका साथमा विवेक ओवरायको पनि मुख्य भूमिका थियो।

यसका अलवा उनका ‘गुड ब्वाई, ब्याड ब्वाई, ‘डेविट’ र ‘करिब करिब सिंगल’जस्ता फिल्ममा उनले अभिनय गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad