भारत तेलुगु चलचित्रका सुपरस्टार नागार्जुनको चेन्नाईस्थित कृषि फार्ममा शव भेटिएको छ।
बुधबार अज्ञात व्यक्तिको शव भेटिएपछि यतिबेला यस घटनामा अनुसन्धान तथा छानबिन सुरु भएकोे छ।
नागार्जुनले जैविक खेती गर्नका लागि आफ्नो फार्ममा सर्वेक्षणको लागि एक अनुसन्धानकर्ता पठाएका थिए।
सोही बेला अज्ञात व्यक्ति मृत भेटिएका हुन्। उक्त शव ६ महिना पुरानो भएको बताइएको छ।
नागार्जुनले उक्त कृषि फार्म केही वर्ष अगाडि खरिद गरेका थिए। यद्यपी उक्त जमीनको प्रयाग भने गरेका थिएनन्।
नागार्जुनले यस विषयमा केही प्रतिक्रिया जनाएका छैनन्। एजेन्सी

प्रतिक्रिया