कला


यसकारण जयाको गाली खान्छन् अमिताभ

यसकारण जयाको गाली खान्छन् अमिताभ

नेपालखबर
भदौ १८, २०७६ बुधबार १२:३४,

बलिउड महानायक अमिताभ बच्चन रियालिटी शो ‘कौन बनेगा करोडपति’मार्फत शुभचिन्तकको मन जितिरहेका छन्।

सोही क्रममा अमिताभले आफ्नो जीवनको एउटा पाटोबारे नयाँ खुलासा गरेका छन्। अमिताभले व्यक्तिगत जीवनबारे बोलेपछि बलिउडमा उनको भनाईलाई लिएर चर्चा भइरहेको छ। उनले आफूले श्रीमतीको गाली खानु परेको र श्रीमतीलाई रिस उठ्ने प्रंसगबारे कार्यक्रममा खुलासा गरेका हुन्

सो मा सहभागी एक जोडीलाई एनिभर्सरीको मिति याद राख्न आग्रह गर्दै अमिताभले आफूले त्यही मिति याद राख्न नसक्दा श्रीमतीको गाली खानुपरेको खुलासा गरेका हुन्। विवाहको मिति बिर्सिएको प्रसंगलाई पत्नी जयाले बढी नै गम्भीरतापूर्वक लिने उनको भनाइ थियो।

यसअघि पनि शो मार्फत उनले आफ्ना व्यक्तिगत र पारिवारिक जीवनका विभिन्न पाटाहरुका बारेमा खुलासा गर्दे आएका छन्। यसअघि अमिताभले आफ्नो सम्पत्ति छोराछोरी दुबैलाई बराबर भाग लाग्ने बताएर चर्चामा आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .