बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको एउटा फोटोसूट सामाजिक संजालमा भाइरल भएको छ। फोटोमा ऐश्वर्याले धेरै प्रकारका ड्रेस प्लान्ट गरेकी छन्। साथै उनको यूनिक पोज पनि धेरैलाई मन परिरहेको छ।
तर, फोटोसूटको एउटा विषयले गर्दा भने हंगामा मच्चिएको छ। उनले दिएको पोज हलिउड स्टारको नक्कल भएको आरोप उनीमाथि लागेको छ।
हलिउड स्टार केट विस्सलेटजस्तै पोज दिएको भन्दै उनको आलोचना भएको हो। केटको यो तस्बिर एक म्यागेजिनको कभर फोटोको रुपमा आएको थियो। जुन ऐश्वर्याले गरेको सूटसँग मिल्दोजुल्दो देखिन्छ।

प्रतिक्रिया