कला


मेलिना राई र हेमन्तको आवाजमा ‘पंखा एसी’ (भिडियो)

नेपाली चलचित्र एवम् सुगम गीतकी चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत ‘पंखा एसी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डिपी खनालको शब्द, शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतमा नेपाली चलचित्र ‘लम्फ’ बाट चर्चामा आएका नायक कबिर खड्का, मोडेल एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ।

अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माले कलरिङ गरेका छन्।

शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको ‘पंखा एसी’ को भिडियो डश म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भदौ ६, २०७६ शुक्रबार ८:५२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .