एलिना चौहानको रोमान्टिक गीत ‘क्या हिरो भएछ’ सार्वजनिक गरिएको छ। भर्खरै मनोरञ्जनको दुनियामा प्रवेश गरेका गीतकार एवं निर्देशक विष्णु विक्रम निरौला आफ्नो चौथो गीत ‘क्या हिरो भएछ’ बोलको गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतकार एवं निर्देशक निरौलाद्वारा लिखित पहिलो गीत गायक किरण भुजेलको आवाज रहेको ‘चट्ट कपाल कोरेर’ त्यस्तै दोश्रो विशाल निरौला र अश्मिता अधिकारीको आवाज रहेको ‘माया पलायो’ त्यस्तै तेस्रो निशान भट्टराईको आवाजमा ‘गाजल लिपिक्कै’ बोलको गीतहरु सार्वजनिक गरे लगत्तै चौथो गीत गायिका एलिना चौहानको आवाज रहेको ‘क्या हिरो भएछ’ सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले बताए।
यी चारै गीतमा एम के निरौलाको कम्पोज र विशाल निरौलाको एरेन्ज, मिक्स रहेको र अलड़कार स्टुडियोमा रेकर्ड गरिएको हो भने रेकर्डिङको काम रञ्जन राईले गरेको पनि राईले बताए।
‘क्या हिरो भएछ’ गीतमा २ बाल कलाकार विश्वास बस्नेत र सनुजा राई लगायत अन्य कलाकारमा कोरोयोग्राफर समात रहेका कलाकार सुमन योगी, मोडल सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेल, करुणा लिम्वु, सुजन राईको अभिनय रहेको थियो भने प्रनेश राई (यात्री ब्रोज) ले नृत्यलाई क्यामेरामा कैद गरेका थिए।
विष्णु विक्रम निरौलाको निर्देशन रहेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका थिए। तर मेमोरी कार्ड खराबीका कारण उक्त भिडिओ तत्काल सार्वजनिक गर्न नसकिएको निर्देशक निरौलाले बताए।
प्रतिक्रिया